इजरायली सैनिकहरू फेरि गाजाको अल-शिफा अस्पतालमा प्रवेश

भक्तपुर न्यूज

६ चैत २०८० ९:१७

इजरायली सैनिकहरू फेरि गाजाको अल-शिफा अस्पतालमा प्रवेश

काठमाडौं । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफामा फेरि कारबाही शुरु गरेको छ । सेनाले पछिल्लो समय हमास बिद्रोही सहित ८० जनाभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले हमासले फेरि अस्पतालमा कमाण्ड सेन्टरको तयारी गरिरहेको दावी गरेका छन् । इजरायली सेनाले यसअघि अस्पताल वरपर बस्ने मानिसहरूलाई त्यस क्षेत्र खाली गर्न आग्रह गरेका थिए । उनीहरुलाई नटेर्नेहरु पक्राउमा परेका बीबीसी हिन्दीले जनाएको छ । सेनाका कारण अस्पतालमा शरण लिएका गाजाका धेरै शरणार्थीहरू र बिरामीहरु समस्यामा परेका खबरमा उललेख छ ।

यसैबीच हमासले इजरायली सैन्य कारबाहीलाई नयाँ ‘अपराध’ र ‘आक्रमण’ भन्दै निन्दा गरेको छ । यसअघि नोभेम्बर महिनामा पनि इजरायली सेनाले अल शिफा अस्पतालमा सैन्य कारबाही गरेको थियो ।

प्रकाशित मितिः २०८० चैत्र ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय