मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा पदभार ग्रहण

भक्तपुर न्यूज

५ चैत २०८० ८:४७

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं । मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन्। मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन्।

सोमबार मात्रै जनकपुरधाम पुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गरिन्। उनले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानूनको परिधिभित्र रहेर काम गर्ने र यसमा सबैको साथ रहने अपेक्षा व्यक्त गरिन्।

यसअघि नेपाल सरकारले कांग्रेस नजिकका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गर्दा मधेस प्रदेशको प्रदेश प्रमुख पदबाट हरिशंकर मिश्र बर्खास्तीमा परेका थिए। उनको बर्खास्तीसंगै भण्डारीलाई मधेसको प्रदेश प्रमुख पदमा नियुक्त गरिएको थियो।

प्रकाशित मितिः २०८० चैत्र ५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय