प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन
काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा आइतवार निधन भएको हो । वि.सं २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गतेदेखि प्रतिनिधिसभा सदस्य थिइन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । सभामुख देवराज घिमिरे आइतवार नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा शुरूवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जसपाकी पोलिटब्युरो सदस्य थिइन् ।
प्रकाशित मितिः २०८० चैत्र ०४ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
