नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले जित्यो टी-२० सिरिज

भक्तपुर न्यूज

३० फागुन २०८० ९:४५

नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले जित्यो टी-२० सिरिज

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० सीरीजको उपाधि पपूवा न्यूगिनीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधिमाथि कब्जा जमाएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीमले १६.३ ओभरमा ८५ रनमै अलआउट भएपछि ठूलो पराजय व्यहोर्न बाध्य भयो ।

आजको खेलमा कुनै पनि नेपाली ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । नेपालका रोहित पौडेल (१२ रन), आरिफ शेख (१५ रन) तथा सन्दीप जोरा (१७ रन) बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् ।

आजको खेलमा ओपनरहरु सबैभन्दा फ्लप भए । कुशल भूर्तेल ५ रन तथा बिनोद भण्डारी ४ सस्तैमा आउट भए । गुल्सन झा ६ रनमै रनआउट भए भने बिवेक यादवले एक रन, लोकेश बमले ६ रन, करण केसीले तीन रन बनाए । प्रतिस जिसी र आकाश खड्काले खाता नै खोल्न सकेनन् ।

प्रकाशित मितिः २०८० फागुन ३० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय