भारतमा मुस्लिम बाहेकका प्रवासीलाई नागरिकता दिने कानुन लागू

भक्तपुर न्यूज

२९ फागुन २०८० १०:४६

भारतमा मुस्लिम बाहेकका प्रवासीलाई नागरिकता दिने कानुन लागू

काठमाडौं । भारत सरकारले सोमबार विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ वा सिएए लागू गरेको छ। जुन चार वर्ष पहिले संसदले पारित गरेको थियो।

भारतको गृह मन्त्रालयले यस सम्बन्धमा आधिकारिक सूचना जारी गरेको हो। आम चुनावको मिति घोषणा हुनु केही दिनअघि यो सूचना आएको हो। मिति घोषणा हुन बाँकी रहे पनि अप्रिल–मेमा निर्वाचन हुने अनुमान गरिएको छ।

डिसेम्बर २०१९ मा पारित भएको सिएएले मुख्यतया धार्मिक कारणले गर्दा डिसेम्बर ३१, २०१४ अघि देशमा प्रवेश गरेका हिन्दु, सिख, जैन, बौद्ध, पारसी र इसाई गरी ६ वटा समुदायका आप्रवासीहरूलाई नागरिकता प्रदान गर्ने लक्ष्य राखेको छ।

सिएएअन्तर्गत नागरिकता प्राप्त गर्न चाहनेहरूले यसको लागि वेब पोर्टलमार्फत अनलाइन आवेदन गर्नुपर्नेछ। डिसेम्बर २०१९ मा सिएए पारित भएपछि देशका धेरै भागहरूमा बसोवास गर्ने मुस्लिम समुदायका मानिसहरूले मुख्यतया दिल्लीमा व्यापक विरोध प्रदर्शन गरेका थिए। यसले केही स्थानहरूमा हिंसा पनि भएको थियो। जसमा केही प्रदर्शनकारीहरूको मृत्यु भएको थियो।

प्रकाशित मितिः २०८० फागुन २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय