सिन्धुलीमा बोलेरो गाडी दुर्घटना हुँदा १२ घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं । सिन्धुली जिल्लाको दुधौली–१ हप्तेडाँडामा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्र २–०४–००१ च ००५६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ फिट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाबाट बोलेरोमा सवारमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशवकुमार कटवालले जानकारी दिए । घाइते हुनेहरूमा महोत्तरीका पवन यादव, ललितादेवी यादव, रामकुमारी महतो, रामएकचाल सिंह, विवाकुमारी सिंह, चन्द्रकुमारी सिंह, निलम यादव छन् ।
घाइतेहरूको बर्दिवासस्थित जनसेवा अस्पताल र आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये धिरज सिंह र सोभा सिंहको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मितिः २०८० फागुन २५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
