नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ मा मह जोडी नियुक्त

भक्तपुर न्यूज

२५ फागुन २०८० ७:४९

नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ मा मह जोडी नियुक्त

काठमाडौं । नेपाल टेलिकमले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । टेलिकम केन्द्रीय कार्यालयमा बिहीवार आयोजित एक कार्यक्रममा यस सम्बन्धी सम्झौता भयो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे ।

सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक पहाडीले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्त्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाबारे नागरिकलाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी नेपाल टेलिकमसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताए ।

प्रकाशित मितिः २०८० फागुन २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय