सुनचाँदीको मूल्य बढ्यो
भक्तपुर, १५ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज ४ सयले बढेको छ । शुक्रबार प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले बढेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । शुक्रबार ७ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर ७ सय ४५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
