पाकिस्तानका नयाँ प्रधानमन्त्रीमा साहिद खकान अब्बासी
एजेन्सी, १५ साउन । पाकिस्तानी सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा साहिद खकान अब्बासीलाई चयन गरेको छ । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
नवाज सरिफको सरकारमा पेट्रोलियम मन्त्रीसमेत रहेका अब्बासीले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनेछन् । प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नेछन् । सेहबाजले पहिले पञ्जाव प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने छ र त्यसपछि केन्द्रीय संसद्को तल्लो सदन नेसनल एसेम्बलीको उपचुनावमा जित्नुपर्ने छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३