महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

भक्तपुर न्यूज

२४ फागुन २०८० ९:१३

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

काठमाडौं । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन्। एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो ।

दाहालले दिएको जानकारीअनुसार भेटका क्रममा वर्षौदेखिको नेपाल-बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उनले जानकारी दिइन्।

सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गरेकी थिइन् । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ ।

सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गरेको दाहालले जानकारी दिए।

प्रकाशित मितिः २०८० फागुन २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय