साफ यू-१६ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालको सहज जित
काठमाडौं । साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ। आज च्यासल रङ्गशालामा भएको खेलमा नेपालले ३-० गोलले भुटानलाई हराएको हो। नेपालको लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले गोल गरे।
च्याम्पियनसिपको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाललाई बंगलादेशले २-० गोलले पराजित गरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा बिहिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणमा शीर्ष दुईमा पर्ने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
प्रकाशित मितिः २०८० फागुन २१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
