मोरङको बेलबारीमा टिपरकाे ठक्करबाट तीन जनाको मृत्यु, दुई घाइते

भक्तपुर न्यूज

१८ फागुन २०८० ८:१५

मोरङको बेलबारीमा टिपरकाे ठक्करबाट तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं । मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । टिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई गम्भीर घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मितिः २०८० फागुन १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय