नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपाललले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
पहिलो खेलमा नेपाललाई हराएको नामिबिया उच्च मनोबलका साथ मैदान उत्रिएको। नेपाल भने पहिलो जितको खोजीमा छ । नेपालले जारी सिरिजमा लगातार दुई खेलमा पराजय बेहोरेको छ । दुई खेलमा पराजित नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाबमा छ ।
सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । सिरिजमा दुई खेल खेलिसकेको नामिबिया बिहीबार भने नेदरल्याण्ड्स पराजित भएको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।
प्रकाशित मितिः २०८० फागुन १८ शुक्रबार
