सहायक प्रहरी निरीक्षक गुरुङ मृत फेला
धादिङ १३ साउन। उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा मृत अवस्थामा फेला परेको छ ।
बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको जानकारी प्राप्तसँगै अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेको र सो घटनका बारे अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
