सांसदहरुलाई सरकारी आवास सुविधा दिने तयारी : सभामुख
काठमाडौं, १२ साउन । सभामुख ओनसरी घर्तीले संसदले आफ्नै भवन र टेलिभिजन च्यानलको तयारी गरिरहेको खुलासा गरेकी छन् ।
आज संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको संसद भवन नयाँबानेश्वरमा उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।
सभामुख घर्तीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संसदको आफ्नै भवन र सांसदहरुका लागि सरकारी आवासका लागि प्रयास भैरहेको समेत जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘संसदको आफ्नै भवन होस् । संसदको आफ्नै टेलिभिजन च्यानल होस् । सांसदहरुलाई आवास सुबिधा होस् । वास्तवमा हाम्रो त्यो चाहना हो र त्यस अनुसार पहल पनि भइरहेको छ ।’
आज उद्घाटन भएको संसदको वेबसाइट र मोबाइल एप्स युएनडिपीको सहयोगमा निर्माण गरिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
