ज्येष्ठताका आधारमा शिक्षाका कर्मचारी खटाउन आग्रह
काठमाडौं, १२ साउन । शिक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठताका आधारमा मात्र आफ्ना कर्मचारी खटाउने अडान लिएको छ । शिक्षा पत्रकार समूहले आज काठमाडौंमा गरेको अन्तक्र्रियामा मन्त्रालयका प्रवक्ता हरि लम्सालले ज्येष्ठताका आधारमा मात्रै शिक्षा मन्त्रालयका कर्मचारी स्थानीय तहमा जाने बताए ।
शिक्षा मन्त्रालयले विभिन्न स्थानीय तहमा अहिलेसम्म खटाएका ७८ जना उपसचिवलाई पनि अहिले ती तहमा नपठाइ काज स्थगन गरेको छ । उनले निजामती ऐनअनुसार शिक्षाका कर्मचारी स्थानीय तहमा जान आतुर भएको तर कनिष्ठ कर्मचारी कार्यकारी अधिकृत भएको ठाउँमा खटिन नसक्ने स्पष्ट पारे ।
शैक्षिक जनशक्ति केन्द्रका उपनिर्देशक ईश्वरीप्रसाद पौडेलले आफूभन्दा कनिष्ठ कार्यालय प्रमुख भएको ठाउँमा आफूहरु जान नसक्ने बताए ।
सोही केन्द्रका उपनिर्देशक दिवाकर चापागार्इंले स्थानीय तहमा गएर काम गर्न तयार रहेको भन्दै मर्यादालाई मिचेर नभई सम्मानजनक ढंगबाट पठाइए आफूहरु जाने बताए ।
सरकारले गत जेठ १७ गते स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४ जारी गरी कर्मचारी खटाउन शुरु गरेको छ ।