मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन समय

भक्तपुर न्यूज

११ फागुन २०८० ११:२०

मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेको तीन दिन समय

काठमाडौं । नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ३ दिन समय दिएको छ । प्रमुख प्रतिपक्षी समेत रहेको एमालेले शुक्रवार संसद् बैठकमा बोल्दै ३ दिनमा आफूहरूले उठाएका मागको सम्बोधन गर्नुपर्ने बतायो ।

अवरोधका कारण स्थगित भएको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोलेका एमाले सचेतक महेश बर्तौलाले ६ फागुनको बैठकदेखि प्रतिपक्षी दलहरूले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।

विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । एमालेले ज्वालासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको समेत राजीनामा माग गरेको छ ।

एमाले सचेतक बर्तौलाले संसद्को आगामी बैठकमा मन्त्रीहरुलाई बर्खास्त गरेर आएको छु भन्ने जवाफसहित आउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मितिः २०८० फागुन ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय