नामिबियाविरुद्ध नेपाललाई दोस्रो ओभरमै सफलता

भक्तपुर न्यूज

९ फागुन २०८० ७:०८

नामिबियाविरुद्ध नेपाललाई दोस्रो ओभरमै सफलता

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो ओभरमै सफलता मिलेको छ । पहिलो सफलता मिल्नेक्रममा दोस्रो ओभरको चौथो बलमा निकोलास डेभिन रनआउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले सजिलै रनआउट गरे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ३७.१ ओभरमा १ सय ६८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ६४ बलमा आठ चौका र एक छक्कासहित ५८ रनको पारी खेलेका हुन् । आसिफको यो १२औँ आडिआई अर्धशतक हो । उनी ओडिआईमा १२ अर्धशतक बनाउने एक्ला नेपाली ब्याटर हुन् ।

यस्तै, कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्ज र जन निकोल लोफ्टी-इटनले चार/चार, गेर्हार्ड इरास्मस तथा ज्याक ब्रासवेलले एक/एक विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले नामिबियाविरुद्ध गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो ।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय