बारामा बोलेरो र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

भक्तपुर न्यूज

९ फागुन २०८० ६:१४

बारामा बोलेरो र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

काठमाडौं । बाराको पथलैयामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम लोक मार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो।

घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।

घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन।

प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय