त्रिविका विद्यार्थीलाई क्रिकेट हेर्न टिकट शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले त्रिविका विद्यार्थीलाई टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। क्यानका अनुसार त्रिवि मैदानमा खेल हेर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत कीर्तिपुरस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले अब ५० प्रतिशत छुट पाउने छन्।
क्यानले आज यसबारेमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएको हो। त्रिवि मैदानमा खेल हेर्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउन विद्यार्थीले आफ्नो परिचय पत्र लिएर खेल मैदान बाहिर रहेको टिकट काउन्टर नं ४ मा सम्पर्क गर्नु पर्नेछ।
प्रकाशित मितिः २०८० फागुन ०९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
