राप्रपा सरकारमा नजाने
काठमाडौं, १२ साउन । राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ । राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्ती शाही र नेता दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति बनाएको थियो ।
राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए । तर, पार्टी संविधान संशोधनको पक्षमा भने रहने उनले बताए । ‘संविधान संशोधनको पक्षमा रहने निर्णय पार्टी बैठकले गरिसकेको छ, यसमा हामी पछि हट्दैनौँ, तर अब सरकारमा जाने सम्भावना भने सकिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२