४.४ मेगावाटको राधी हाइड्रोपावरले थाल्यो विद्युत उत्पादन

भक्तपुर न्यूज

८ फागुन २०८० ६:४३

४.४ मेगावाटको राधी हाइड्रोपावरले थाल्यो विद्युत उत्पादन

काठमाडौं । बाढी पहिरोका कारण क्षतिग्रस्त राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएको छ । गत असार २२ गते बाढीको कारण क्षतिग्रस्त भई बन्द रहेको कम्पनीको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको हो ।

उक्त आयोजनाको टेस्टिङ गत फागुन ५ गते गरिएको र फागुन ६ गतेबाट पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म मुनाफामा ३६.२५ प्रतिशतको वृद्धि गरी ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विद्युत आयोजना बन्द हुदाँ कम्पनीको आम्दानीमा भने खुद आम्दानी भने ६.१३ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय