क्यानडा-११ ले दोस्रो विकेट पनि विकेट गुमायो, निकोलस किर्तोन आउट

भक्तपुर न्यूज

८ फागुन २०८० ६:२१

क्यानडा-११ ले दोस्रो विकेट पनि विकेट गुमायो, निकोलस किर्तोन आउट

काठमाडौं । नेपालको ए टिसँग प्रतिस्पर्धा गरिरहेको क्यानडा-११ ले दोस्रो विकेट पनि विकेट गुमाएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको क्यानडा ११ ले पहिलो विकेटका रुपमा आरोन जोनसोनलाई गुमाएको हो ।

१३.३ अ‍ोभरमा उनी सागर ढकालको बलमा आउट भए । उनले ३५ रन जोडेका थिए । त्यस्तै ७ रन जोडेका निकोलस किर्तोन साहब आलमको बलमा आउट भएका छन् । उनी साहब आलमको बलमा ब्याट घुमाएका किर्तोन मिस भएपछि क्लिन बोल्ड भएका हुन् ।

ताजा अवस्थामा क्यानडा-११ ले १ विकेट गुमाएर ७८ रन जोडेको छ । यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।

प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *