काठमाडौंसहित तीन स्थानमा तीन जना मृतावस्थामा फेला

भक्तपुर न्यूज

७ फागुन २०८० ११:१७

काठमाडौंसहित तीन स्थानमा तीन जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौंसहित तीन स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिला मृतावस्थामा फेला परेकी हुन् ।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका-१ स्थित खुला चौरमा सोही गाउँपालिका-१ पैयापाटा बस्ने ५८ वर्षीय यम बहादुर जिसी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको राजबिराज नगरपालिका-६ मुसहरी बस्तीस्थित सडक छेउमा पनि भारत दरभाङगा घर भएका ६५ वर्षीय महेन्द्र सहनी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय