मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ को दोस्रो ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

७ फागुन २०८० १०:००

मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। पहिलो ट्रेलरमा द्वन्द्वका दृश्य समावेश गरिएको थियो भने दोस्रोमा सामाजिक पक्षलाई समेटिएको छ।

नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको फिल्म वास्तविक घटनामा आधारित रहेको बताइएको छ। फिल्ममा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्।

नेपाल र मलेसियामा छायांकन गरिएको फिल्मको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले तयार पारेका हुन्। रविन्द्र न्यौपाने र बाबु श्रेष्ठले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्। यो फिल्म फागुन ११ गतेदेखि प्रदर्शन हुनेछ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय