बाफ्टामा ‘ओपेनहाइमर’को वर्चस्व, उत्कृष्ट फिल्मसहित ७ विधामा अवार्ड जित्न सफल

भक्तपुर न्यूज

७ फागुन २०८० ६:५२

बाफ्टामा ‘ओपेनहाइमर’को वर्चस्व, उत्कृष्ट फिल्मसहित ७ विधामा अवार्ड जित्न सफल

काठमाडौं । ७७औं बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को विजेता घोषणा गरिएको छ । क्रिस्टोफर नोलनको फिल्म ओपेनहाइमर उत्कृष्ट फिल्मसहित ७ बाफ्टा अवार्ड जित्न सफल भएको छ । यस फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलनलाई उत्कृष्ट निर्देशक, अभिनेता किलियन मर्फीलाई उत्कृष्ट मुख्य अभिनेता र अभिनेता रोबर्ट डाउनी जूनियरलाई उत्कृष्ट खेल अभिनेताको अवार्ड प्रदान गरिएको छ ।

यो वर्ष ओपेनहाइमरले बाफ्टामा १३ विधामा सबैभन्दा बढी नामांकन प्राप्त गरेको छ । ओपेनहाइमरबाहेक फिल्म पुअर थिङ्सले ५ बाफ्टा जितेको छ । यस फिल्मबाट अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट प्रमुख अभिनेत्रीको अवार्ड जितेकी छन् । यसबाहेक फिल्मले पोशाक, मेकअप र हेयर, प्रोडक्सन डिजाइन र स्पेशल भिजुअल इफेक्टमा पनि अवार्ड जितेको छ ।

यो चलचित्रले बाफ्टामा ११ वटा मनोनयन प्राप्त गरेको थियो । यो अवार्ड समारोह लण्डनको रोयल फेस्टिभल हलमा आयोजना गरिएको थियो । बाफ्टा विश्वका शीर्ष ४ फिल्म अवार्डमा गनिन्छ ।

प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *