तनहुँ जीप दुर्घटना अपडेट: मृतक र घाइतेहरुको सनाखत, घाइतेको उपचार हुँदै
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ । मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
घाइतेहरूको आँबुखैरेनी अस्पताल र चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आबुखैरेनी अस्पताल आबुखैरेनी तनहुँमा उपचार भईरहेको घाइतेहरु:-
१. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघर बस्ने बर्ष १५ की सुबिना गुरुङ ।
२. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६७ को मन ब.गुरुङ ।
३. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३८ की सुकमाया गुरुङ ।
४. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ६ की एलिसा गुरुङ ।
५. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष १९ की सबिता गुरुङ ।
६. जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका वडा नं. ३ सुखौरा बस्ने बर्ष १० को सिसिर गुरुङ ।
नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेका घाइतेहरु:-
१. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. १ गिराउनचौर बस्ने बर्ष ३८ को राजकुमार बश्वकर्मा (चालक)
२. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ५६ को सोमलाल गुरुङ ।
३. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ प्युघरफाट बस्ने बर्ष ७० को भक्कुलाल गुरुङ ।
४. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५६ को सेर ब.गुरुङ ।
५. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वारा बस्ने बर्ष ३६ की आसमाया गुरुङ ।
६. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष १०की दीक्षा गुरुङ ।
७. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५२ को सेते गुरुङ ।
८. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापश्वरा बस्ने बर्ष ३६ की चिजकुमारी गुरुङ ।
९. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. १० बस्ने निजको छोरा १८ महिनाको सुसान गुरुङ ।
१०. जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. ६ छापस्वारा बस्ने बर्ष ३७ की सुनिता गुरुङ ।
प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार