पहिलो खेलमा नेपाल ‘ए’ टिम क्यानडा-११ सँग चार विकेटले पराजित

भक्तपुर न्यूज

६ फागुन २०८० ११:११

पहिलो खेलमा नेपाल ‘ए’ टिम क्यानडा-११ सँग चार विकेटले पराजित

काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ‌ओभरमा २१६ रन बनाएको थियो। सुरुवाती खराब सुरुवात गरे पनि क्यानडाले पछि लय समात्दै ठूलो साझेदारी गरेर खेल आफ्नो पक्षमा पार्‍यो।

सुरुवाती १४ ओभरमै ५६ रन बनाउँदा क्यानडाले चार विकेट गुमाइसकेको थियो। तर क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाएपछि नेपालको हातबाट खेल गुमेको हो।

यसअघि नेपालको ब्याटिङमा बसिर अहमदले ५० रनको योगदान दिएका थिए। उनले ५५ रनको सामना गर्दै अर्धसतक पूरा गरेका थिए। त्यस्तै रासिद खानले ४०, मयान यादवले ३५ रन बनाए। यसैगरी किरण ठगुन्नाले २५ रन बनाउँदा विवेक यादवले २१ र सन्दीप जोराले १४ रनको योगदान दिए। क्याप्टेन विनोद भण्डारी भने ११ बल खेलेर ५ रन बनाउँदै आउट भए।

नेपाल ए टिममा प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु समेटिएका छन्। नेपाल एको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्। यो सिरिजको दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ।

प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय