कमल खत्रीको आवाजमा ‘छिन छिन मा’ सार्वजनिक

भक्तपुर न्यूज

६ फागुन २०८० ५:१९

कमल खत्रीको आवाजमा ‘छिन छिन मा’ सार्वजनिक

काठमाडौं । गायक कमल खत्रीको आवाजमा रहेको नयाँ म्युजिक भिडियो ‘छिन छिन मा’ सार्वजनिक गरिएको छ | दरबार मार्गको राइजिङ्ग मलमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका वरिष्ठ रचनाकार रमेश अधिकारीबाट कार्यक्रमको विमोचन गरिएको थियो।

अधिकारीले सबै टिमलाई शुभकामना दिएर कार्यक्रम सुरु गरिएका थिए। कार्यक्रममा अन्य अतिथिहरू रविन थापा, निर्देशक तथा कोरियोग्राफर राजीव समर , विभोर पोखरेल, गायक सबु थापा र आशिस भण्डारीको उपस्थित रहेको थियो।

गायक कमल खत्रीको रचना तथा संगीत रहेको गीतको भिडियोमा सुनिल न्यौपाने, बिना राउत,अलिशा शर्मा र करिश्मा शाही ठकुरीको अभिनय देख्न सकिन्छ | सुनिल पेशाले एक मेडिकल व्यवसाय पनि हुन।

उनले यो भन्दा अगाडी ‘सुनकोशी, ‘टुङ्गनाको धुन’ जस्ता गीतहरूमा अभिनय गरिसकेका छन् | कला क्षेत्रमा बच्चैदेखि आफ्नो चाहाना भएकाले आफूले देखेको सपना पुरा हुँदै गरेको बताउँछन्।

रोशन विश्वकर्माको निर्देशन रहेको भिडियोमा छायांकन दिपेन बस्नेतको, ड्रेस डिजाइन सोनी सिन्जाली मगर र पूजा गुरुङ्गको , भिडियो सम्पादन तथा कलर दिलसन शाहको, प्रोड्क्सन डिजाइन टार्जन लिम्बुको र आर्ट जट्टा शंकरको रहेको छ | निर्माता मिना बर्तौलाको लगानी रहेको भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *