एसीसी महिला प्रिमियर लिगको उपाधिका लागि मलेसिया र युएई खेल्ने
काठमाडौं । एसीसी महिला प्रिमियर लिगको उपाधिका लागि घरेलु टोली मलेसिया र युएई खेल्ने भएका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाललाई ४ विकेटले रनले पराजित गर्दै फाइनलमा युएईसँगको भेट पक्का गरेको हो ।
बायोमास ओभलमा भएको खेलमा नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो । जितसँगै मलेसिया एसियाकपका लागि छनोट भएको छ भने नेपाल छनोट हुन असफल रह्यो ।
मलेसियालाई जित दिलाउन एल्सा हन्टरले ६९ रनको अविजित पारी खेलिन् । उनले ५३ बलमा ६ चौकाको मद्दतले ६९ रन बनाइन् । त्यस्तै माहिरा इज्जाती इस्माइलले १६, मास इल्साले १३ र वान जुलिया ११ रनको योगदान गरिन् ।
नेपालका लागि सीता रानामगर र कविता जोशीले दुई दुई विकेट लिँदा कविता कुँवर र रुबिना क्षेत्री बेलबासेले एक एक विकेट लिए । यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।
नेपालले पहिलो विकेट १० रन बनाउँदा गुमाएको थियो । खेलको चौथो ओभरको अन्तिम बलमा ६ रन बनाएकी सीता रानामगरलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । त्यसपछि नेपालको दोस्रो विकेटका लागि कविता कुँवर र इन्दु बर्माले ३५ रनको साझेदारी गरेका थिए । खेलको १०.१ ओभरमा २३ रन बनाउँदै कविता कुँवर आउट भइन् ।
कप्तान इन्दु बर्मा र रुबिना क्षेत्री बेलबासेले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । खेलको १५.२ ओभरमा रुबिना २० रन बनाएर पेभिलियन फर्किइन् । नेपालले ९९ रन जोड्दा चौथो विकेट गुमायो । कप्तान इन्दु बर्मा खेलको १८ औं ओभरको अन्तिम बलमा २९ रनमा आउट भइन् ।
त्यसपछि नेपालको पारी डोली भट्ट र कविता जोशीले सम्हाल्ने क्रममा डोली खेलको १९.५ ओभरमा नेपालको स्कोर ११३ रन हुँदा कविता जोशी दुइ रनमा रनआउट भइन् । त्यसको अर्को बलमा नेपालकी डोली भट्टले दुई रन लिँदै रन आउट भइन् । उनी २५ रनमा रनआउट भएकी हुन् ।
उपाधिका लागि भोली घरेलु टोली मलेसियाले युएईसँग खेल्ने छ । आजै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
प्रकाशित मितिः २०८० फागुन ०४ शुक्रबार