नेपाल ‘ए’ टिमले मुलपानीमा क्यानडाविरूद्ध तीन खेल खेल्दै

भक्तपुर न्यूज

४ फागुन २०८० ६:१८

नेपाल ‘ए’ टिमले मुलपानीमा क्यानडाविरूद्ध तीन खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ । नेपालको सिनियर टिमले आइसिसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दै छ ।

२ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो । सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यानडा ११विरुद्ध खेल्ने स्क्वाड पनि घोषणा गरेको छ । विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र बिहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ ।

क्यानडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो । त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो ।

आइतबारदेखि बिहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले बिहीबार राति सार्वजनिक गरेको हो । यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन् ।

क्यानडा ११ विरुद्ध खेल्ने नेपाल ‘ए’ टोली
विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया

प्रकाशित मितिः २०८० फागुन ०४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय