अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको काठमाडौंबाट उद्धार

भक्तपुर न्यूज

३ फागुन २०८० ७:५७

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको काठमाडौंबाट उद्धार

काठमाडौं । अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौंबाट उद्धार भएको छ। गएराति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रातोपुलबाट बन्धक बनाइएका ११ जनाको उद्धार गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

विदेश लैजाने भन्दै बन्धक बनाएको आरोपमा कम्तीमा पनि चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। यसबारे प्रहरी परिसरले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मितिः २०८० फागुन ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय