सोनिया गान्धीले राजस्थानबाट राज्यसभाको चुनाव लड्ने घोषणा

भक्तपुर न्यूज

२ फागुन २०८० ८:२२

सोनिया गान्धीले राजस्थानबाट राज्यसभाको चुनाव लड्ने घोषणा

काठमाडौं । भारतीय कांग्रेस पार्टीले आसन्न राज्यसभा चुनावका लागि केही उम्मेदवारको घोषणा गरेको छ। कांग्रेसले राजस्थानबाट सोनिया गान्धीको नाम भारतकव माथिल्लो सदनको चुनावका लागि औपचारिक रुपमा घोषणा गरेको छ।

उनका अलावा पार्टीले बिहार, हिमाचल प्रदेश र महाराष्ट्रबाट पनि राज्यसभा उम्मेदवारको नामसहितको सूची सार्वनजनिक गरेको छ। कांग्रेस पार्टीको एक्स ह्यान्डलबाट जारी एक सूचनाअनुसार राजस्थानबाट सोनिया गान्धी, बिहारबाट अखिलेश प्रसाद सिंह, हिमाचल प्रदेशबाट अभिषेक मनु सिंघवी र महाराष्ट्रबाट चन्द्रकान्त हन्डोरेलाई उम्मेदवार बनाइएको छ।

सोनिया गान्धी राज्यसभामा जाने चर्चा लामो समयदेखि चलिरहेको थियो। उनी बुधबार नै राहुल गान्धीसहित जयपुर जाँदैछिन्। कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी अहिले रायबरेलीबाट लोकसभा सांसद छिन्। सोनिया पहिलो पटक राज्यसभाको सदस्य बन्ने छिन्।

यसअघि उनी पाँच पटक लोकसभामा चुनाव जितेर संसद्मा पुगेकी थिइन्। सोनिया गान्धी पहिलो पटक सन् १९९९ मा चुनाव जितेर संसद् पुगेकी थिइन्। राज्यसभा चुनावका उम्मेदवारी दिने अन्तिम मिति १५ फेब्रुअरीसम्म छ।

प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय