सुनको भाउ तीन दिनदेखि एउटै
भक्तपुर, ९ साउन । सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाली बजारमा सुनको भाउ विगत तीन दिनदेखि एउटै छ । हिजो प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा ५ रुपैयाँले घटेको छ । हिजो ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ३५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
