विधान सम्मेलनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

भक्तपुर न्यूज

१ फागुन २०८० ५:१५

विधान सम्मेलनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज (मंगलबार) सुरु हुने विधान सम्मेलनअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। माओवादी केन्द्रको विधान सम्मेलन अहिले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुँदै छ।

त्यसअघि अहिले बिहान १० बजे मस्यौदा विधान परिमार्जनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए। पदाधिकारी बैठक प्रज्ञा भवनमै बस्ने उनले बताए।

‘विधान सम्मेलन बिहान ११ बजेदेखि छ’, उनले भने, ‘त्यसअघि १० बजे पदाधिकारी बैठक बस्छ।’

प्रकाशित मितिः २०८० फागुन ०१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय