बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा लागेको आगो नियन्त्रणमा

भक्तपुर न्यूज

२८ माघ २०८० १०:२२

बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ।आइतबार दिउँसो करिब २ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो। आगलागी भएपछि प्रहरी वृत्त बानेश्वर र अग्नी नियन्त्रकको टोली घटनास्थलमा पुगेका थिए।

सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको प्रहरीले जनाएको छ। एसी सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो। आगलागीबाट निवासमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। आगो नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग गरिएको थियो।

प्रकाशित मितिः २०८० माघ २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय