नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ८५ करोडको कारोबार

भक्तपुर न्यूज

२८ माघ २०८० ९:५२

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक १०.५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०८५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने ४ अर्ब ८ करोड नाघेको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको मात्रै कारोबार भएको थियो ।

९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ८ को स्थिर रह्यो । विकास बैंक र हाइड्रोपावर समूह मात्रै बढे । विकास बैंक ३.७७, हाइड्रोपावर ६ अंक बढे । उत्पादन समूह सबैभन्दा धेरै २.८८ प्रतिशत घट्यो । बैंकिङ ९, फाइनान्स ९, होटल तथा पर्यटन ८८, जीवन बीमा ३०, उत्पादन १६८, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ४२, ब्यापार ४४ र अन्य समूह ०.४१ अंक घटे ।

समाज लघुवित्त र कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत बढ्यो । त्रिशूली जलविद्युत् ६.७, दोर्दी जलविद्युतको ५ र मायाखोला हाइड्रोपावरको ४.९ प्रतिशत मूल्य बढ्यो । युनिलिभरको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । गुराँस लघुवित्तको ७.१३, किसान लघुवित्तको ४.४, एनआईसी एसिया बैंकको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

प्रकाशित मितिः २०८० माघ २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय