तीन ब्याटरले अर्धशतक बनाउँदा क्यानडाविरुद्ध नेपाल चार विकेटले विजयी

भक्तपुर न्यूज

२७ माघ २०८० १०:५७

तीन ब्याटरले अर्धशतक बनाउँदा क्यानडाविरुद्ध नेपाल चार विकेटले विजयी

काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो ।

प्रकाशित मितिः २०८० माघ २७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय