आगलागीबाट छ लाखको क्षति
सुनसरी, १० साउन । सुनसरीमा गए राति आगलागी हुँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
राति १ः३० बजेतिर भएको आगलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको जिप्रका, सुनसरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
