नेप्से परिसूचक सामान्य अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार

भक्तपुर न्यूज

२५ माघ २०८० ९:५७

नेप्से परिसूचक सामान्य अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ । यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर मूल्य सर्वाधिक ९.०७ प्रतिशतले घटेको छ ।

प्रकाशित मितिः २०८० माघ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय