रिजनले लिए ‘डेब्यु’ खेलमै विकेट

भक्तपुर न्यूज

२५ माघ २०८० ८:३०

रिजनले लिए ‘डेब्यु’ खेलमै विकेट

काठमाडौं । रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् । क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले पाचौं बलमा नै विकेट लिएका हुन् । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले २.५ ओभरमा १ विकेट गुमाएर १९ रन बनाएको छ ।

प्रकाशित मितिः २०८० माघ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय