डिशहोम ‘गो’ एपमा समस्या देखिएपछि युट्युबमै लाइभ देखाउन सुरु

भक्तपुर न्यूज

२५ माघ २०८० ६:४५

डिशहोम ‘गो’ एपमा समस्या देखिएपछि युट्युबमै लाइभ देखाउन सुरु

काठमाडौं । डिशहोम गो नामक ओटीटी एपमा समस्या देखिएपछि कम्पनीले युट्युबमै लाइभ देखाउन सुरु गरेको छ । कम्पनीले एक्सन स्पोर्ट्स एचडी नामक युट्युब च्यानलमार्फत नेपाल र क्यानडाबीच चलिरहेको क्रिकेटको लाइभ देखाउन थालेको हो ।

नेपाल आएको क्यानडाको राष्ट्रिय टिमले नेपालसँग तीन ओटा एक दिवसीय क्रिकेट ऋृङ्खला खेल्नेछ । जसको लाइभ गर्ने जिम्मेवारी डिशहोमले पाएको छ । डिशहोमको एक्सन स्पोर्ट्स एचडी १ नामक च्यानलमार्फत प्रसारण भइरहेको यो खेल डिशहोमको डीटीएच टिभी, आईटिभी र ओटीटी एप डिशहोम गो मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

तर पहिलो खेल लाइभ देखाउने क्रममा एपमा अपेक्षा गरिएभन्दा बढी ट्राफिक आएपछि समस्या सिर्जना भएको छ । सोही समस्या समाधानमा जुटिरहेको कम्पनीले तत्काललाई अस्थायी विकल्पको रूपमा युट्युब च्यानलमार्फत लाइभ देखाउन थालेको हो । यद्यपि यस पछिका म्याच युट्युबमै उपलब्ध हुने वा नहुने भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

प्रकाशित मितिः २०८० माघ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय