युद्धविराम प्रस्तावमाथि हमासले फर्कायो जवाफ

भक्तपुर न्यूज

२४ माघ २०८० ७:५०

युद्धविराम प्रस्तावमाथि हमासले फर्कायो जवाफ

काठमाडौं । गाजापट्टीमा नयाँ युद्धविरामका लागि अन्तराष्ट्रिय समुदायको पहलमा तयार पारिएको प्रस्तावमाथि हमासले जवाफ फर्काएको छ । हमासको जवाफ सकारात्मक भएको बताइएपनि त्यसको विषय वस्तुमाथि केही खुलाइएको छैन । इजरायल, अमेरिका, कतार र इजिप्टले तयार पारेको सम्झौताको विवरण सार्वजनिक हुन बाँकी छ ।

अपुष्ट समाचार अनुसार यसपटक ६ हप्ताका लागि युद्धविराको प्रस्ताव गरिएको छ । युद्धविरामको समयमा दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेका कैदीबन्दीहरु साटासाट गर्नेछन् । इजरायल र अमेरिका दुवैले हमासको प्रतिक्रियाको समीक्षा गरिरहेको बताएका छन् ।

हाल मध्यपूर्वमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आज यसबारे इजरायली अधिकारीहरूसँग छलफल गर्ने बताएका छन् । यो प्रस्ताव हमासलाई करिब एक हप्ता अघि पठाइए पनि हमासले मंगलवार मात्रै यसको जवाफ दिएको हो ।

प्रकाशित मितिः २०८० माघ २४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय