लो ब्लड सुगर पनि हुन्छ खतरनाक, यस्ता लक्षणबाट चिन्नुहोस्

भक्तपुर न्यूज

२४ माघ २०८० ५:४०

लो ब्लड सुगर पनि हुन्छ खतरनाक, यस्ता लक्षणबाट चिन्नुहोस्

काठमाडौं । उच्च ब्लड सुगर जसरी रगतमा सुगर कम हुनु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । रगतमा सुगरको मात्रा कम हुनुलाई हाइपोग्लाइसीमिया पनि भनिन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार, यस्तो अवस्थामा पनि विभिन्न लक्षण देखिन्छन् ।

हाइपोग्लाइसीमियामा तपाईंको मुटुको धड्कन बढ्न सक्छ । केही काम नगर्दा, मेहनत नगर्दा पनि शारीरिक थकान महसुस हुन सक्छ । यदि तपाईंलाई पटक पटक रिंगाटा लाग्छ, धमिलो देखिन्छ भने पनि सतर्क हुनुहोस् ।

मुड स्विंग, कम्पन, झट्का महसुस हुनु पनि रगतमा सुगरको मात्रा कम भएको संकेत मानिन्छ । हाइपोग्लाइसीमिया भएको अवस्थामा एन्जाइटी, टाउको दुख्ने, चिडचिडापन हुने, बेहोस हुने आदि पनि यसका संकेतमा पर्छन् ।

तपाईंको शरीरमा पनि यस्ता केही संकेत देखिए भने डाक्टरसँग सल्लाह अवश्य लिनुहोस् । समयमै सतर्क भएमा यसले शरीरमा अन्य हानी पुर्याउन सक्दैन ।

प्रकाशित मितिः २०८० माघ २४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय