दोस्रो टेस्टमा इङ्ल्यान्ड भारतविरुद्ध १ सय ६ रनले पराजित
काठमाडौं । भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट सोमबार १ सय ६ रनको ठूलो अन्तरले जितेको छ । यस जितसँगै पाँच टेस्टको शृंखला रोमाञ्चक १–१ को बराबरीमा पुगेको छ । जितका लािग ३ सय ९९ रनको लक्ष्य पाएको इंग्ल्यान्ड २ सय ९२ रनमा अलआउट भएको थियो ।
जसप्रित बुमराह र रविचन्द्रन आश्विनले तीन तीन विकेट लिएपछि इंग्ल्यान्ड टेस्टको चौथो दिन चिया सत्र अगाडि नै अलआउट भएको थियो । पाहुना टिमका लागि ओफनर ज्याक क्रलीले बनाएको ७३ रननै सर्वाधिक ठूलो व्यत्तिगत स्कोर रह्यो । यस्तै तल्लो क्रमका ब्याटर बेन फोक्स र टिम हार्टली दुवैले समान ३६ रन बनाए ।
प्रकाशित मितिः २०८० माघ २२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
