बागलुङमा जीप दुर्घटना हुँदा चारको मृत्यु
बागलुङ, ९ साउन । बागलुङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ६ जना गम्भीर घाइते छन् ।
बागलुङको बडीगाड गाउपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा आज दिउँसो ध १ ज १८४ नम्वरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको हो । जलजलाबाट ग्वालीचौर आउँदै गरेको जीप सडकबाट करिब आठ सय मिटर तल खसेको प्रहरीले बतायो । दुर्घटनामा परेको जीप टुक्रा टुक्रा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृत्यु हुनेमा साविक जलजला गाविसका हुमिम काउचा, साविक ग्वालिचौर गाविस–९ का मुक्त पाईजा, साविक जलजला १ का नरबहादुर सेर्बुजा र चालक तुलबहादुर पुन रहेका छन् ।
घाईतेहरुको उद्धारका लागि हेलिकोप्टरको माग गरिएको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००