अन्तर्राष्ट्रिय रेडक्रसद्वारा नेपालको मान्यता रद्द

भक्तपुर न्यूज

२२ माघ २०८० ४:२३

अन्तर्राष्ट्रिय रेडक्रसद्वारा नेपालको मान्यता रद्द

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटिजहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को नेपालस्थित कार्यालयले नेपाल रेडक्रसका दुवै कार्यसमितिलाई मान्यता दिन अस्वीकार गरेको छ। नेपाल रेडक्रसको कार्यसमिति विवादमा देखिएका कानुनी अस्पष्टता नटुंगिएसम्म आईएफआरसीले मानवीय सहायतासम्बन्धी परियोजना आफैं सञ्चालन गर्ने पनि स्पष्ट गरेको छ।

नेपाल रेडक्रसमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल र डा. नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा अलग–अलग कार्यसमिति छन्। दुवैले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। तर, आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। रेडक्रस केन्द्रीय कार्यालय हातामै रहेको आईएफआरसीको कार्यालयका प्रमुख अजमत उल्लाले हालै इमेल पठाएर दुवै समितिलाई मान्यता नदिने बताएका हुन्।

प्रकाशित मितिः २०८० माघ २२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय