सभामुख घिमिरेले बोलाएको सचेतकहरुको बैठक जारी

भक्तपुर न्यूज

१९ माघ २०८० ११:३४

सभामुख घिमिरेले बोलाएको सचेतकहरुको बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक सुरु भएको छ । संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न सभामुख घिमिरेले प्रमुख सचेतक तथा प्रमुख सचेतकहरुको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले बैठक बोलाएका हुन् ।

बैठकमा सबै पार्टीका सचेतकहरुको उपस्थिती रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो ।

प्रकाशित मितिः २०८० माघ १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय