प्रधानमन्त्री कप क्रिकेट : पुलिसले दियो सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य

भक्तपुर न्यूज

१८ माघ २०८० ८:२७

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले दियो सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको विभागीय नेपाल पुलिस क्लवले सुदूरपश्चिमलाई १९९ रनको लक्ष्य दिएको छ । मुलपानी मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै १९८ रन बनाएको हो ।

ओपनरलाई सस्तैमा गुमाएको पुलिसका लागि मध्य क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्रतिस्प्रर्धात्म लक्ष्य दिएको हो । पुलिसले ओपनरद्वय दिलिप नाथ र कुशल भुर्तेललाई क्रमस व्यक्तिगत ६ र ५ रनमा गुमाएको थियो । त्यसपछि आएका मिडल अडरका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे ।

पुलिसका लागि शंकर रानाले सर्वाधिक ४६ रन बनाए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरी ४४ रनको योगदान गरे । अर्जुन साउदले ३२ रनको योगदान गर्दा आरिफ शेखले २६ रनको योगदान गरे । सागर ढकाल ७ रनमा अविजित रहे । सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशी, विकाश आग्री र मिलन बोहराले समान दुई दुई विकेट लिँदा एक विकेट दिपक चन्दले लिएका हुन् ।

प्रकाशित मितिः २०८० माघ १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय