सुनिल पौडेल र विकल पौडेललाई थप सात दिन थुनामा राख्न अनुमति

भक्तपुर न्यूज

१७ माघ २०८० १२:२३

सुनिल पौडेल र विकल पौडेललाई थप सात दिन थुनामा राख्न अनुमति

काठमाडौं । टेरामक्स खरिद प्रकरणमा भएको अनियमिततामा मुछिएका नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचारमा मुछिएका विकल पौडेललाई अदालतले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीहरू दाजुभाइलाई थुनामा राख्न अनुमति दिएको हो । उनीहरू यही १० माघमा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई तीनकुने र मण्डिखाटारस्थित घरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय